मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ

 

 

 

१७ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ भएको छ । बिहान ८ बजे बोलाइएको बैठक पौने १० बजेसम्म पनि सुरु भएको छैन ।

आज प्रदेश सभा भवन परिसर र वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक बस्नुअघि तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच गरिएको छ ।

यसअघि जितेन्द्र सोनलले विश्वासको मत लिने दिनमा पनि एकपटक सुरक्षा जाँच गरिएको थियो । जेनजी आन्दोलनको क्रममा सुरक्षा जाँच गर्ने उपकरणहरू जलाइएपछि बैठक बस्नुअघि तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच गर्ने गरेको प्रदेश सभा सचिवालयका सुरक्षा इन्चार्ज प्रहरी निरीक्षक विक्रम शाहले बताए ।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेको हुन् ।