नेपाल विद्युत प्राधिकरणका प्रबन्धक निर्देशक हितेन्द्रदेव शाक्यले आफू सर्वोच्च अदालतबाट न्याय पाएर पुनः काममा फर्किएको बताएका छन् । अदालतको फैसलापछि बुधबार प्राधिकरणमा पुनर्बहालीका लागि पुगेका शाक्यले पद पुनर्बहाली गर्दै उनले यस्तो बताएका हुन् । अब आफ्ना कार्यक्रमलाई पहिलाभन्दा पनि अझ बढी जोस र लगनशीलतासहित अघि बढाउने प्रतिबद्धता जनाए ।
सरकारको नीति निर्देशनबमोजिम प्राधिकरणको आफ्नो हकहितलाई सर्वोपरी ठानेर अघि बढ्ने बताउँदै अबका साढे तीन वर्ष एउटा निश्चित गोल पूरा गर्नेगरी लाग्ने उल्लेख गरे ।


















