स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन् ।
उनले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्दै त्यसको सम्मानका साथ आफूहरुले एकचित्त भएर काम गरिरहेको बताइन् । उनले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेगरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेकोसमेत बताइन् ।



















