प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको बस्नेतको दाबी

नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका छन् ।

बस्नेतले आफ्नो फेसबुक स्टाटसमा ‘षड्यन्त्रको नयाँ खेल’ भन्दै यस्तो दाबी गरेका हुन् । उनले लेखेका छन्, ‘दुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ ।’

उनले यो घटनालाई हिजो मात्र Gen-z समूहको नाममा गरिएको नाटकीय वार्ता र सम्झौता’, हिमेश पन्तलगायतका सेलिब्रिटीहरूले फैलाएको भ्रम र ‘केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायल’ सँग जोडेर हेरेका छन् ।

‘यी सबै कुरा एउटै दिशातिर संकेत गर्छन्ए–मालेको आसन्न महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्ततः अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्ने,’ बस्नेतले लेखेका छन् ।