अन्तर जिल्ला मतदानको व्यवस्था गर्न राष्ट्रिय स्वतन्त्र नागरिक समाजको माग

राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपालले अन्तर जिल्ला मतदानको व्यवस्थाको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनापत्र बुझाएको छ । सोमबार समाजका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आयोगका कामु प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन जाने प्रतिनिधि मण्डलमा नागरिक समाजका अध्यक्ष फणीन्द्र नेपाल, उपाध्यक्ष रणबहादुर चन्द र महासचिव प्रवीण नेपाल हुनुहुन्थ्यो । ज्ञापनपत्र बुझ्दै निर्वाचन आयुक्त भण्डारीले प्रस्तुत प्रस्ताव ठीक भए पनि आसन्न निर्वाचनमा यस्तो व्यवस्था गर्न सम्भव नभएको बताउनुभएको थियो ।