रातारात एकता पदका लागि कि ? मालिकको निर्देशमा ?

भनिन्छ, राजनीतिमा स्थायी शुत्र र स्थायी मित्तुर हुदैनन । यो भनाई कता कता नेपालकै नेता र दलहरुका लागि सबै भन्दा बढी लागु भएको देखिन्छ । यो हप्ता भएका पार्टी एकता र पार्टी परियागले त्यस्तै देखाउँछ । आईतबार र सोमबार दुई दिनमै चर्चामा रहेका बिभिन्न पार्टीबिच एकता भयो ।

मिडियामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा मन्त्री कुलमान घिसिङबीच भएको एकताले बिशेष चर्चा पाए तापनि जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पनि सोमबार पार्टी एकता गर्ने निर्णय भयो । सोमबार सबेरै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित पदाधिकारीहरु बसेर एकता गर्ने निर्णय गरे । रबि र बालेन शनिबार बेलुकादेखि बसेर आईतबार बिहान बिहान ४ बजे सहमतिमा हस्ताक्षर गरे भने सोमबार साँझ त्यसमा कुलमान पनि सामेल भए ।

राप्रपाका दुई खेमा कमल थापा र राजेन्द्र लिङदेनबिच पनि आईतबार नै पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । घोषणा भने १६ गते बुधबार गर्ने भएका छन । यस अघि नै प्रचण्ड नेतृत्वको नेकपा माओबादी र माधब नेपाल नेतृत्वको एकिकृत समाजबादी सहित १४ वटा वाम पार्टी बिच एकता भएर नेपाली कम्युनिष्ट बनेको छ । यस्तै बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल अभियान तथा सन्तोष परियार र जेनजी ओजस्वी भट्टराई समुह समेत मिलेर प्रगतिशिल लोकतान्त्रिक पार्टी बनेको छ । राजेन्द्र महतो ,रेशम चौधरी र ओशोक राईबिच एउटै चुनाब चिन्ह लिने सहमति भई सकेको छ ।
दलिय व्यवस्थामा बिचार र सिद्धान्त मिल्नेहरु अलग अलग बस्नु भन्दा एउटै पार्टी बनाउनु राम्रो हो, तर यी मिलन हेर्दा साच्चै देश र जनताको लागि केही राम्रो गरौ भन्ने उदेश्यले भन्दा पनि आफ्नो चुनावी जीत सुरक्षीत गराउन पार्टी एकता गरेका देखिन्छ । हिजोका दिनमा यीनै बालेन शाहले रबिलाई गाली गर्न पछि हटेनन् ।तर बाहिर बाहिर जतिनै पपुलर छु भने पनि बालेनले चुनाबमा चाहे जस्तो परिणाम नआउने भित्रि हिसाब निकाले पछि केही हिस्सा लिएर रास्वपा प्रवेश गरे ।

अवस्था कुलमानको पनि यस्तै हो ।अर्काे तर्फ यीनीहरुको ईच्छा भन्दा पनि यिनलाई हिरोका रुपमा प्रदर्शन गर्ने शक्तिको दबाव वा योजनामा यो एकता भएको पनि हुन सक्छ । बालेन रास्वपा प्रवेश गर्दा गरेको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति भएको छ । यसबाहेक पार्टीको नाम, चुनाव चिह्न र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुनेछ । यो भनेको उद्यारो प्रधानमन्त्री पदमा बालेन रास्वपा प्रवेश गरेका हुन । अब पनि पार्टीको सभापति रवि लामिछाने नै हुनेछन । यो बालेन, रबि मात्र होईन कुलमान पनि उपसभापति पाए पछि रास्वपा प्रवेश गरे । उनीहरु बिच सबै एक अर्ककामा जति रिस भए पनि एक ठाउँमा भए मात्र बलियो शक्ति भईन्छ चुनाब जितिन्छ अनि देश र जनताको लागि भन्दै आफ्नो लागि धेरै गर्न सकिन्छ भनेर एकता भएको हो ।

चाहे त्यो रवि लामिछाने, बालेन शाह र कुलमानबीच भएको एकताले होस् वा उपेन्द्र यादव र महन्थ ठाकुर बिचको वा कमल थापा र राजेन्द्र लिङदेन बिचको एकता । प्रचण्ड र माधब अनि राजेन्द्र महतो ,रेशम चौधरी र ओशोक राई बिच को सहमति पनि आफ्नो शाख जोगाउन हो । होईन भने उपेन्द्र र महन्तको पहिला एउटै पार्टी थियो, कमल र राजेन्द्र एकै ठाँउमा थिए । त्यसबेला एक अर्कालाई गाली गर्दै फुट्ने अदालतमा मुद्धा लड्ने अहिले समानुपातिकको अन्तिम नाम बुझाउने दिन मिल्ने अरु कुनै आधार छैन ।
भन्न त एकता जेनजी आन्दोलनको माग भन्छन ।जेनजी युवाहरुको आन्दोलनको माग त देशमा व्याप्त भष्टाचार अन्त्य र सुशासन स्थापना तथा पाका नेताको ठाँउमा युवाको नेतृत्व हुनुपर्दछ भन्ने थियो । यो भावना अनुरुप त नेतृत्व छाड्नु पर्दथ्यो । एकता नेतृत्व छाड्न होईन युवा बुढा सबैले आफ्नो पद बचाउन गरेका हुन ।

यो दुईदिनमा भएका एकता मञ्चन नेपालीको उन्नति प्रगति ,असल शासनका निम्ती होईन आफ्नै शासन आफ्नै प्रगतिका लागि मात्र हो । बिभिन्न जनआन्दोलनहरुका शहीद एवं घाइतेहरुको बलिदान बचाउन होईन, उनीहरुको बलिदानी भजाएर सत्ताको सिढी चढ्न मात्र हो । अहिले देशमा जुन समस्या छ, त्यो समाधान गर्न होईन । फागुन २१ मा चेनाब भयो भने उक्त चुनाबमा जनतालाई भ्रममा पारी पुन: सत्तामा आएर रजाई गर्न मात्र हो । जनता र मतदाताले यो कुरा समयमै बुझि जेनजी आन्दोलनको मर्म पुरा हुने गरि संबिधान संशोधन गर्न तर्फ दवाब दिनुपर्दछ ।