सहयोग गर्न खोज्दा उल्टै झनझटमा फसिन ईन्द्रादेबी

डोटी जोरयल गा.पा ३ घर भई हाल काठमाडौ ठमेलमा व्यवसाय गर्दै आएकी ईन्द्रादेवी मगरले आफुले पैसा सापट दिएर सहयोग गर्न खोज्दा उल्टै झनझटमा परेको दुखेसो पोखेकी छिन । ईन्द्रादेवीले दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका बस्ने रुपलाल डि।सीलाई ऋण सापट दिंदा वडा कार्यलयको रोहवरमा गरेको कपाली तमासुक सान न्युजका प्रतिनिधिलाई देखाउदै भनिन “यसरी कागज गरेरै सापट दिए तर अहिले सहयोग गर्दा उल्टै दु:ख पाए” ।

ईन्द्रादेवीका अनुसार उनले २०८१/१०/०५ गते एभरेष्ट बैंकको चेक नं ००४२०८०६०५। १००१ बाट रु ५ लाख रुपयाँ रुपलाललाई ब्यापार व्यवसाय तथा घर खर्च प्रयोजनको लागी ऋण दिईन । ईन्द्रादेवीले भनिन चेक त दिए तर उहाँले साट्न नपाउदै मेरो श्रीमान राजेश कुमार थापा मगर एक्कासी प्यारालाईजको बिरामी हुनुभयो । त्यसपछि रुपलाललाई सम्पर्क गरि श्रीमान राजेश बिरामी परेपछि मैले पैसा नहुने भयो, चेक साट्न नजानु मलाई चेकनै फिर्ता दिनु,तपाईले चेक दिए पछि मैले कपाली तमासुक च्याती दिन्छु भने ।रुपलालले हुन्छ भन्नुभयो ।म त्यही बिस्वासमा बसे । तर पछि रुपलाल आउनुभएन । जसले गर्दा मलाई अहिले धेरै तनाब भएको छ ।

उहाँले चेक फिर्ता दिए मैले कपाली तमासुक च्याति दिने थिए । लेनादेना केही हुने थिएन । रुपलालले ब्यवहार मिलाउन नखोजेकोले बाद्यय भएर मिडियामा आउनु परेको पनि उनले बताईन । यसै बिषयमा सान न्युजले रुपलाल डि सी संग प्रतिकृया लिदा डि सीले आफुले ईन्द्रदेबीलाई दिन होईन उल्टो ५ लाख लिन भएको दाबि गरे । सान न्युजका प्रतिनिधिले तपाईले चेक लगेर वडा कार्यलयको रोहवरमा गरेको कपाली तमासुक छ नि भनि प्रश्न गर्दा, यो बिषयमा पाटन उच्च अदालतमा मुद्धा चलेको र फैसला पनि आएको भनि वकिलले भनेको बताउदै रुपलाले भने “अदालतको आदेश जे आउछ त्यही मान्छु ” भन्दै थपकुरा गर्न ब्यस्त भएकोले नमिल्ने बताए । रुपलालको प्रतिकृया त यस्तो छ नि भनि पुन:ईन्द्रादेवीसंग प्रश्न गर्दा उनले भनिन “म सोझि मान्छे, कानुनका कुरा बुझ्दीन पैसा दिन सकिन चेक फिर्ता दिनुस कपाली तमासुक च्याती दिन्छु भन्दा अन्य कुरा गर्नु भनेको मलाई ठग्ने बाहाना मात्र हो ”म मर्कामा परे भनेर गुनासो गरिन् ।