जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता महन्थ ठाकुरलाई समर्थन गर्ने भएको छ । लोसपा र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो । दुवै दलबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई उम्मेदवार बनाएको हो । जसपा नेपालसँग एकता हुनुअघि ठाकुर लोसपाका अध्यक्ष थिए ।
राष्ट्रिय सभामा कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल भएको छ । राष्ट्रिय सभाका १८ सिटमध्ये नेपाली कांग्रेसलाई ९, नेकपा एमालेलाई ८ र जसपा नेपाललाई १ सिट भागबन्डा भएको छ । सहमति बमोजिम कांग्रेस र एमालेले पनि उम्मेदवार चयन गरिसकेका छन् ।



















