केपी, प्रचण्ड, शेरबहादुर र रबि,बालेन कुलमान चलाउने एउटै शक्ति हो :मधु बस्नेत नेता नेकपा (संयुक्त )

तपाईहरुको पार्टी नेकपा संयुक्त बिचमा त कता हराए जस्तो भयो नि किन ?
हो ,बिचमा हामी करिब छ बर्ष अलमलमा पर्यौ । २०७६ सालमा तत्कालीन माओबादीसंग पार्टी एकता गर्ने कुराकानी चल्यो । कुराकानी गर्दा कुरा मिलेन तर गणेश शाह माओबादीमा प्रबेश गर्नुभयो । खासमा उहाँसंग बहुमत थिएन । बहुमत एकतामा नजाने पक्षमा थियो । हामी बहुमत सदश्यले नेकपा संयुक्त अगाडी बढाउन खोज्यौ तर प्रचण्डले नियुक्त गरेका निर्वाचन आयोका सदस्यहरुले हाम्रो चुनाब चिन्ह नै दिएनन। बिवाहाको कुरा गर्दैमा बिवाहा नै गरेको भन्न मिल्दैन तर आयोगले बिवाहानै गरिस भने जस्तो गर्यो । त्यस पछि उक्त निर्णय बिरद्ध हामी अदालतमा गयौ ।

छ बर्ष पछि मुद्धाको फैसला भयो । बरिष्ठ अधिवक्ता कुष्ण प्रसाद भण्डारीको अथक प्रयासले हामीले मुद्धा जित्यौ, पुन:हाम्रो चुनाब चिन्ह हसिँया पायौ र अहिले पुन सक्रिय छाँै । एउटा पाटो यो भयो अर्काे पाटो यहाँ बिदेशी पैसाको चलखेल गर्ने , राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संस्थाको पैसा खाने, दलाल पुँजी पतिको पैसालेमात्र नपुगेर साम्राज्यवादीको पैसा खानेहरुको चमक धमक बढि देखिन्छ, मिडिया पनि तिनकै पछि लाग्छन हाम्रो जस्तो ईमान्दारहरुको पार्टी ओझेल परे जस्ता देखियो । नेकपा एमाले ,नेकपा माओबादी बिदेशी पैसा खाएर सत्तामा रहेर चर्चामा रहे । हामीलाई त पाटी नै नदिने षडयन्त्र गरे तर अब त्यस्तो हुन्न हामी सक्रिय छौ । अझ खुसीको कुरा पछिल्लो समय कमरेड घनश्याम भुसालले नेतृत्व गरेको एकिकृत समाजवादी पुर्नगठ समुह संग पनि हाम्रो एकता भएको छ । यसले अझ उत्साह थपेको छ । हामी २००६ सालकै नेकपाको निरन्तरता भए पनि बढि पाका नेता थियौ । घनश्याजी सहित युवा साथीहरुले बिश्वास गर्नुभयो म त उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु ।

चुनाब नजिकिदै छ नेपाल कम्युनिष्ट पार्टी संयुक्त चुनवी तयारी कस्तो छ ?
नेपालमा अहिले धेरैबटा कम्यनिष्ट पार्टीहरु सक्रिय छन । निर्वाचन प्रयोजनका निम्ती निर्वाचन आयोगमा नै १० बटाले त नेपाल कम्युनिष्ट पार्टी नाम राखेर दल दर्ता गरेका छन । एउटाले भने जनता झुक्काउन नेपाली कम्युष्टि पार्टी नाम राखेको छ । जसको संक्षिप्त नेकपा नै हुन्छ । यस बाहेक कयौ कम्युनिष्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने पनि बताएका छन । यति धेरै कम्युनिष्ट बिचमा हाम्रो पार्टी नेकपा संयक्तको कुरा गर्दा यहाँलाई मैले अलिकति ईतिहाँस तर्फ लान चाहे ।

नेकपा संयुक्त भनेर हामीले २०४८ सालको निर्वाचन पछि २०४९ सालमा तीनबटा पार्टी बिच एकता गरेर बनाएका हौ । त्यसबेला कम्युनिष्ट पार्टीहरुको नामका पछाडि फुर्का जोडने चलन थियो । तीनै मध्ये त्यसबेला तुलशीलाल अमात्यले नेतृत्व गरेको तत्कालीन नेकपा तुलसीलाल समुह, त्यस्तै बिष्णु बहादुर मानन्धरले नेतृत्व गरेको मानन्धर समुह, कृष्णराज बर्माले नेतृत्व गरेको बर्मा समुह बिच एकता गरेर नेकपा संयुक्त बनाएका हौ ।

यो २००६ सालमा पुष्पलाले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीकै निरन्तरता हो । जहाँ सम्म आगामी चुनाबको कुरा छ, हामीले ११० सिटमै समानु पातिक सुचि बुझाएका छाँै । समानु पातिकमा ११० नै बुझायौ । सबै प्रतिबद्ध नेता हुनुहुन्छ अरु पार्टीमा जस्तो फलानो डन, फलानो फलाको छोरा फलानो गायक होईन । पार्टीमा प्रतिबद्ध साथीहरु हुनु हुन्छ । अब प्रत्यक्ष तर्फको चुनाबी तयारीमा छौ ।

चुनावमा के कस्ता एजेण्डा लिएर जान्छ ?
चुनाबी एजेण्डाको कुरा गर्दा देश अहिले जुन अवस्थामा छ यो कांग्रेस एमाले माओबादीको कारण हो । उनीहरुले पटक पटक सरकारको नेतृत्व गर्दा राम्रोसंग सरकार चलाउन सकेन्न ।उनीहरु सरकारमा बसेर जे जस्ता कृयाकलाप गरे त्यसैको परिणाम देश यस्तो भयो । त्यसैले हामीले देशमा व्याप्त भष्टाचार अन्त्य र सुसाशनको बहालीकोमुद्धा उठाउँ छौ , घुस नखानेलाई भोट भन्छौ । त्यस्तै दलित महिला पिछडिएको बर्ग क्षेत्र जातजातिका समस्या समाधान गर्ने , देशमा रोजगारी सृजना गर्ने राष्टियता मजबुत पार्ने बिषय चुनावी ऐजेण्डा बनाउछौ ।

अहिले त एकातिर पुराना नेता केपी ओली,शेरबहादुर देउवा, प्रचण्ड अर्को तर्फ नयाँ आएका रबि ,बालेन ,कुलमानको गठबन्धन हुने तपाईहरु चेपुवामा पर्ने देखिन्छ नि ?
पुरानाको गठबन्धनलाई मैले त गठबन्धन भन्दा पारिवारीक गाँठ बन्धन भन्छु । जहाँ प्रचण्ड देउवा केपी छन् । उनीहरुको गठबन्धन गाँठका लागि हो , राष्टको लागि होईन । नयाँ पनि पुरानाकै नयाँ भर्सन हुन फरक छैन ।हामीले दुबै थरीको भण्डाफोर गरेर जनतामा जान्छौ । तर चुनाबको कुरा गर्दा मलाई बिष्णु बहादुर मानधरले भने एउटा कुरा याद आउँछ उहाँले भन्नुहुन्थ्यो मैले बरु भारतको सितामणीको चुनाबी परिणाम के होला भन्न सक्छु नेपालको सक्दिन भनेर । यहाँ जनता त के नेताले समेतछ बिबिके प्रयोग गरेर होईन लिष्ट हेरेर भोट हाल्छन भन्ने त एमालेको महाधिवेशमा लिट हेरर भोट हाले बाटै थाहा हुन्छ । अशिशिक्षित जनतालाई के भन्ने तर हामी हसियामा मत दिन्छन भन्न्ोमा आशाबादी छौ ।

यहाँले चुनावको तयारीमा छौ भने पनि सर्बेाच्च अदालतमा संसद पुर्नस्थापनाको माग गर्दै एमाले कागे्रसका सांसद सहित विभिन्न व्यक्तिले मुद्धा दर्ता गरेका छन ? चुनावनै नहुने त होईन ?
अहिले सम्म त आयोगको तालिका अनुसार नै काम अघि बढेको छ । तर नेपालमा यसै भन्न सकिदैन । अदालतमा मुद्धा छ जिताई दिन पनि सक्छन । सबै एमसिसिको ग्राई डिजाईनमा चल्छन । अमेरिकलाई नेपाल भाडमा जोओस केही मत्लव छैन । उसले नेपालमा बसेर चिनबाट तिब्बत टुक्राउन चाहन्छ ।उसको ग्राईन डिजाईन के हुने हो । न्यालयमा पनि उनीहरुका मान्छे हुन सक्छन ।

पछिल्लो समय नेपालमा अमेरिकी चासो बढेको हो ?
नेपाल भारत र चिनको बिचमा छ । भारतसंग खुल्ला सिमाना छ । चिनसंग खासै समस्या छैन । नेपालमा अमेरिकाले बढी चासो दिन्छ किनकि अहिले अमेरिका र चिनबिच प्रतिस्प्रर्धा छ । अमेरिका नेपाललाई बेस बनाई चिनबाट तिब्बत छुट्टाउन चाहन्छ । त्यही भएर अमेरिकि चलखेल बढेको छ । जेनजीका नाममा आएका सुदन गरुङ त बारबरा फाउण्डेसनबाट चलेका रहेछन जुन कुरा बाहिरै आईसक्यो । चलखेललाई यहाँको सरकारले नै साथ दिन्छ किनकि नयाँ पुराना सबैका मालिक एउटै हुन ।

भने पछि नयाँ सरकार र नयाँ पार्टी पनि उस्तै हुन ?
यो सरकार अमेरिकी ग्राईन डिजाईन बनेको एमसिसिको सरकार हो । पहिलाका शेरबहादुर देउवा ,केपी ओली ,प्रचण्ड उनीहरुका दलाल थिए । अहिलेका नयाँ भन्ने बालेन रबि लामिछाने , कुलमान सबै एमसीसीकै हुन । यीनीहरुका मालिक एउटै हुन । पुराना काम नलाग्ने भए पछि नाती पुस्ता अगाडी सारेका हुन । यो ज्ञानेन्द्र ,पारस काम नलागे पछि बेबी किङका नाममा ह्दयन्दलाई अघि सारे जस्तै हो । पुराना भन्ने र नयाँ भन्ने एउटै सिक्काका दुई पाटा हुन् । बालेन, सुदन गुरुङ बारबरा फाउनडेसन, अमेरिकी युथ काउन्सिलमा रहेको त आईसक्यो जसरी मलाई चन्द्रदेब जोशी आदेश मान्छु तीनीहरुले पनि बारबरा फाउनडेसन, अमेरिकी युथ काउन्सिलमा एमसिसिको आदेश मान्छन ।

एक जना बौद्धिक व्यक्तिको हैसियतले जेनजी आन्दोलनको बिष्लेषण कसरी गर्नुहुन्छ ?
२३ गते जेनजी युवाहरुको आन्दोलन कांग्रेस एमाले माओबादीले गरेका नराम्रा कामको बिरोधमा थियो तर २४ गते जेनजी डेनजी भयो । जेनजीहरुले आन्दोलनमा देशमा व्याप्त भष्टाचार अन्त्य र सुशासनको बहालीको माग गरेका थिए । तर २४ गते अर्कै भयो । जेननजीले उठाएका भष्टाचार अन्त्य र सुसाशनको बहालीको माग त हामीले निरन्तर उठाउदै आएका थियो तर सरकारमा हुनेले सुनेन त्यसैले यस्तो भयो ।

अरुलाई अमेरिक दलाल भन्नुहुन्छ आरोप त तपाईहरुलाई पनि रुसी सहयोग छ भन्छन नि ?
हाम्रो कुरा त प्रष्ट छ । सन १९६० को दास्रो अन्तराष्ट्रिय पछि बिश्व कम्युनिष्ट आन्दोलन दुई खेमामा बाढीयो । त्यसमा हामीले रुसी कम्युनिष्ट पार्टीसंग सम्बन्ध बढायौ । त्यसबेला रुसले अन्तराष्ट्रियता भाव देखाएर अन्य देशका कम्युनिष्ट पार्टीको सहयोगका निम्ती ती देशका कम्युनिष्ट पार्टीको सिफारिसमा बिद्यार्थीलाई छात्र बृद्धीमा पढाई दिन्थ्यौ । नेपालमात्र होईन ,कंगो ,लाओस,ईथोपिया कोष्टारिका लगायत धेरै देशबाट बिद्यार्थी रुसमा छात्रबृतिमा पढ्न जान्थे ।

हाम्रो पार्टीको सिफारिसमा पनि जान्थ पछि हामीले सरकारलाई ३० प्रतिशत दियौ यसरी रुसले शिक्षामा सहयोग गरेको हो नगद होईन त्यस्तै बिकासमा पनि जलबिद्युत , स्वास्थ बाटो निमार्ण उद्योग स्थापनामा पनि सहयोग छ । रुसले भाईचारा पार्टीलाई सहयोग गर्न त्यहाँका जनताबाट उठाएको करमा पाँच प्रतिशत छुटाएुको थियो । धेरै पुर्व प्रसाशक न्यायधिश, वकिल, डक्टर ईन्जिनियर रुसमै पढेका छन । जीवा लामीछाने, शेष घले, उपेन्द्र महतो लगायत धेरै रुसमै पढेका हुन यसको लागि त म रुसि कम्यनिष्ट पार्टीलाई धन्यबाद दिन चाहन्छु जसले नेपालको शिक्षा रबिकासमा ठुलो सहयोग गर्यो अहिले पनि उ सहयोग गर्न तयार छ ।

५२ बर्ष देखि निरन्तर कम्यनिष्ट पार्टीमा सक्रिय हुनुहुन्छ राजकिय पदमा पुग्नुभयो ?
मैलै २०२९ सालमा नेकपाको सदस्यता फर्म भरेको हु । त्यसबेला मैले जनकपुरमा पढ्थे । जनकपुर क्याम्पसमा फेडेसनसंगठमा तिमी चाहिन्छ सदस्य बन भनेर बिद्यार्थी नेता मदन मोहन थापाले मलाई सगठीत गर्नुभयो । पार्टी सदस्यता फर्म २९ सालमा भरे पनि २०३२ सालमा सदस्यता पाए । जहाँसम्म पार्टीमा लागेर लिएको सुविधाको कुरा छ २०३२ सालमा पार्टी सदस्य भएर आन्दोनमा सक्रिय भए पछि कलेजबाट रेस्टीकेट भए ।
पछि २०३५ सालमा पार्टीको सिफारिसमा रुस गएर पढे पार्टीमा लागेर पाएको त्यही हो । म नेता कहाँ जाने धाउने भनसुन गर्ने गर्दिन । पार्टीबाट ७ जना मन्त्री भए भन्न गएको भए कतै नियुक्ति दिने मन्त्रीको सचिवालयमा राख्थे होला त्यो मागिन । म अनुशासनमा बस्ने मान्छे छुवाछत र शोषणको बिरोध गर्दै कम्युनिष्ट भएको हेमन्त बहादुर बिसि ,कृष्ण प्राद अधिकारी, जय गोबिन्द शाहको संगत पाएको व्यक्ति । पदको लागि होईन देशमा परिवर्तनको लागि लागेको ब्यक्ति पार्टी जे जिम्मा दिन्छ त्यसमै सन्तुष्ट हुने ब्यक्ति हँु ।

अन्त्यमा .. ?
अब चिनेर मत दिनुपर्दछ नत्र देशमा अझ भद्रगोल हुन्छ । नेपालमा एमसिसि आयो अब अमेरिकी सेना आएभने हामी कसैका छोरी चेली सुरक्षित हुँदैनन । बाआमा रोएर बस्नु पर्ने हुन्छ । त्यसैले घुस नखाने बिदेशी ईसारमा नतल्ने पार्टी नेकपा संयुक्तको चुनाब चिन्ह हसिँयामा मत दिनुस् भन्न चाहन्छु ।