नेपाली कांग्रेसको दोस्रो विशेष अधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने भएको छ । कांग्रेसको विशेष महाधिवेनले पारित गरेको कार्यविधिमा चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमिति विघटन गर्ने र नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ ।
नेपाली कांग्रेसको २०७८ साल मंसिर २४ देखि २८ गतेसम्म भएको चौधौं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका थिए।




















