निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको विरोधमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू सर्वोच्च अदालत गएका छन्।
निर्वाचन आयोगले दिएको निर्णयविरूद्ध विघटित केन्द्रीय समितिको शनिबार सानेपामा बसेको निष्कर्षअनुसार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा नेताहरू रिट लिएर आज सर्वोच्च अदालत पुगेका हुन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो।रिट सर्वोच्चमा पेस भइसकेको छैन।

















