पाँच मिनेटमै सकियो राष्ट्रियसभाको पहिलो बैठक

राष्ट्रियसभाको पहिलो बैठक पाँच मिनेट बसेर स्थगित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भई आजका लागि बोलाइएको बैठक पाँच मिनेटमा स्थगित भएको हो ।

दुई वटा शोक प्रस्ताव पारित गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका छन् । अब उक्त बैठक माघ ९ गते बस्नेछ ।