महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । आजै मन्त्री पदबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् । मनोनयनको क्रममा उनले पुराना दलले केही काम नगरेपछि आफू उम्मेदवारी दिन आएको बताएका छन् ।

‘पुरानाले त ३५ वर्षसम्म केही गरेनन् । नयाँले केही गर्छन् कि ?,’ उनले भने, ‘यिनले के गर्छन् अब पछि थाहा हुन्छ । म चाहिँ अहिले कुनै पनि पार्टीको कुरा सुन्दिनँ । पुच्छर हुँदिनँ ।’