नेपालमै अवसर पहिचान गर्नुपर्छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी हुन्।

उनले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभई आफै डटेर सामना गर्नुपर्नेमा जोड दिइन् ।