भोलि सुदूरपश्चिम जाँदै बालेन

झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ । सुदूरपश्चिमबाट बालेननिकट दुई व्यक्तिहरूले उम्मेदवारी दिएका छन् ।

उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टीमका सदस्य केपी खनाल कैलाली २ बाट उम्मेदवार बनेका हुन् । यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन सुदूरपश्चिम जान लागेको बुझिएको छ ।सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुनेछन् ।