नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने इच्छाले सर्लाही-४ मा उम्मेदवार बनेको बताएका छन् । उम्मेदवारी मनोनयन दर्ताको ६ दिनपछि निर्वाचन क्षेत्र पुगेकै दिन आज भिडियो सन्देश जारी गर्दै सभापति थापाले मधेशको साइनो औपचारिक मात्रै बनाएर नहुने बताएका छन् । उनले भनेका छन्, ‘मधेशको प्रतिनिधित्व गर्दै गर्दा त्यहाँका मुद्दा बुझ्दै गर्दा प्रकारान्तरले नेपालको सिंगो समस्या समाधानको गर्न सक्छु भन्ने विश्वास राखेको छ ।’
पहाडबाट झरेको आफ्नो परिवार, काठमाडौंको हुकाई भएको हुँदा मधेशसँग चुनावी उम्मेदवार बनेर झन् नजिकिन चाहेको बताएका छन् । मधेशका कुरा काठमाडौंमा सुनाउन र काठमाडौंका कुरा मधेशमा सुनाउन चाहेको उनले बताएका छन् । काठमाडौं–४ का मतदातालाई तीनपटक निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गरे । सभापति निर्वाचित भएपछि क्षेत्र परिवर्तन गर्न नहुने सुझावहरू अझ बढी आएको उल्लेख गरे । उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने बताएका सभापति थापाले अधिकार नभई सबैको बीचमा एकता हुने नसक्ने टिप्पणी गरे ।


















