नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाव दिएका छन् । आज काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन दुई चरणमा नभई एकै चरणमा गर्न सरकारलाई सुझाव दिएका हुन् । प्रचण्डले भने, ‘म सरकारलाई सुझाव दिन चाहन्छु, निर्वाचन दुई चरणमा नगरियोस्, एकै चरणमा गरियोस् ।’
उनले निर्वाचन फागुन २१ गतै हुनैपर्ने बताएका छन् । संंयोजक प्रचण्डले निर्वाचन निष्पक्ष हुने वातावरण तय गर्न सरकारसँग आग्रह गरे । उनले देशमा देखिएको राजनीति अन्योलको अन्त्य गर्न सबैले निर्वाचन सफल बनाउनु पर्ने बताएका छन् ।


















