फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव होः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले आफूहरू पदमा कुनै भागबण्डा नगरी आएको दावी गरेका छन् । उनले रुपन्देही निर्वाचन क्षेत्र नं १ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।उनले भने ‘हामी नयाँ साथीहरू एक ठाउँमा उभिएर आएका हौं, पदमा कुनै भागबण्डा नगरी आएका हौं, पाँच वर्षको स्थायी सरकार बनाउने हो, एकै प्रधानमन्त्री रहने हो, त्यसका लागि स्थायी सरकार आवश्यक छ । अब युवा साथीहरू पहिलो पटक उम्मेदवार बन्दै हुनुहुन्छ, तपाईको मत खेर जाने छैन।’

लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । ‘दल र नेताले धेरै पटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् । तर फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव हो,’ लामिछानेले भने ।