रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामलसहितका सामान बरामद

सल्यानको बन्गाड कुपिन्डे–१ सल्लीबजारबाट रास्वपाको झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र चामलसहितका सामान बरामद गर्दै दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले चालक २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र जिपमा सवार ३७ वर्षीय मोहन बीसीलाई नियन्त्रणमा लिएको हो । जिपमा २५ केजीका दुई बोरा चामल, सात कार्टुन गोली डायमण्ड मदिरा, दुई कार्टुन रकस्टार बियर र तीन कार्टुन खानेतेल फेला परेको थियो ।

रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले जिपमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको भएको दाबी गरेका छन् ।