मध्यपूर्वको तनावले नेपालका १४ अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्वमा भएको तनावका कारण आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने १४ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । अमेरिका–इजरायलले इरानमा गरेको हमला र इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डामा गरेको जवाफी हमलाका कारण ती क्षेत्रका उडान रोकिएका छन् । आइतबार नेपालबाट मध्यपूर्वमा हुने र मध्यपूर्वबाट नेपाल हुने सम्पूर्ण उडान रद्द भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालबाट जजिरा, कुवेत, एयर अरेयिबा, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार र हिमालय एयरलाइन्सको उडान रद्द भएको हो ।

मध्यपूर्वतर्फबाट टिआइएमा आउने र टिआइएबाट हुने उडान अनिश्चितकालका लागि रद्द गरिएका छन् । यसबाट मध्यपूर्व र मध्यपूर्व हुँदै जाने–आउने हजारौँ यात्रु मारमा परेका छन् ।