रवि लामिछाने ६ हजार बढी मतसहित अगाडि

चितवन-२ मा जारी मत गणना अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रवि लामिछानेले ३,९६३ सहित अग्रता बनाएका छन् ।

हालसम्मको मत परिणामअनुसार घण्टी चुनाव चिह्नका उम्मेदवार लामिछानेले ६ हजार ७ सय मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २,३२९ मत पाएका छन् । उनी लामिछानेभन्दा ४,३७१ मतले पछि छन् । नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २,२२२ मत पाएकी छन् । उनी लामिछानेभन्दा ४ हजार ४ सय ७८ मतले पछि छिन् ।

यस्तै नेकपाका उम्मेदवार टेकप्रसाद गुरुङले १,५५८ मत प्राप्त गरेका छन् । उनी लामिछानेभन्दा ५,१४२ मतले पछाडि परेका छन् । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।