एक पटकको पराजय अन्तिम सत्य हैन: महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको हार स्वाभाविक रहेको बताएका छन् । सामाजिक सञ्जालमा उनले भने, देशभरको परिणाम पुराना दलहरू, विशेषगरी एमालेका लागि चुनौतीपूर्ण रह्यो र रास्वपा बहुमततर्फ अघि बढेको छ ।

बस्नेतले विजयी उम्मेदवारलाई बधाई दिंदै हार अन्तिम सत्य नभई भविष्यमा आत्मसमीक्षा र नीतिगत सुधारको अवसर भएको बताए । उनले विश्व राजनीतिका उदाहरण दिँदै पराजयपछि नयाँ नेतृत्वमार्फत जनताको विश्वास जित्ने सम्भावना रहेको पनि औँल्याए।