आमाहरुको उमेर किन बढी ?

हामी देख्छौँ धेरै परिबारमा पुरुषहरुभन्दा महिलाहरु धेरै बाँचेका । किन होला खुल्दुली लाग्न सक्छ । शास्त्रले बताएको छ धनार्जन, सन्तान प्राप्ति, जन्म र मृत्यु भावीकै हातमा हुन्छ । यसो भन्दैमा कसरत नगरी, कर्म नगरी बस्न पनि मिल्दैन, प्रयत्न गरिरहनु पर्ने नै हुन्छ । लामो आयु प्राप्तिमा पनि जीवनशैलि, औषधि उपचार, खानपीनका विषय पनि आधार होला तर मूल आधार जिम्मेवारी, तनाव व्यवस्थापन, हरेक विषय सजिलै लिन पचाउन सक्ने खुवीले आयु लामो हुन सक्छ । धर्म शास्त्रले कलिका मानिसको पूर्णायु सय वर्षको मानेको छ । शतं सम्वत्सरं जीवेत् भनेर आशीर्वााद दिने चलन छ, द्वापरको आयु १ हजार वर्ष, त्रेताको १० हजार र सत्ययुगको आयु १ लाख वर्षको हो ।

कलियुगमा तनावहरु धेरै छन् । पुरुषको आयु कम रहेको देखिएको छ । सरकारी काममा रहन पाउने उमेर हरेक देशमा फरक देखिन्छ, यद्यपि हाम्रो देशमा औसत आयु वृद्धि भएको छ तर अवकाश उमेरमा खासै परिवर्तन भएको छैन र धेरै समय तनावमा काम गरेर प्रहरी, सेना बा अन्य पेशाका व्यक्तिहरु अबकाश उमेरपछि औसतमा ५ वर्ष जीएका र तनावमुक्त अबस्थामा कामबाट अवकाश भएकाहरु औसत आठ, दश वर्ष बाँचेका बा सक्रिय जीवन बिताउन सकेको एक अध्ययनले देखाएको थियो । अहिलेको सन्दर्भमा सबैतिर तनाव छ र तनावबाटै सेवा निवृत्त हुने लगभग अबस्था छ ।

घरधन्दामा खासगरी पुरुषलाई शास्त्रले रुने अधिकार दिएको छैन । घरमा पुरुष रोयो भने बाँकी िसबैको हालत खराब भइहाल्छ । अत: जतिसुकै पिडा बोकेर पनि पुरुष मुस्कुराउँछ, समस्यालाई भित्रै दबाउँछ, यसो गर्दा माँशपेशीहरु खुम्चन्छन्, नक्त नलीहरु साँघुरिन्छन्, रोग बढ्छ । आमाहरुलाई रुने अधिकार छ, रुन्छन् सक्नेहरु घरैमा रुन्छन् त्यति नभए माइतीमा रुन्छन्, पानी पँधेरा, असारे भाका, रत्यौली, तीज बा यस्तै समारोह बा अन्यत्र रुने, हाँस्ने, दिल खेोल्ने काम हुन्थ्यो, भएको पनि छ ।

मात्रै होइन सबैतिर पिडा पनि पोख्ने ठाउँ, समय र अबस्था भेटिएका हुन्छन् । पिडा पोख्दा, मन हलुको हुँदा तनाव विसर्जन हुन्छ, शरीन स्वस्थ हुन्छ, स्वभावैले आयु वृद्धि हुन्छ, बाबुको गोत्र परिवर्तन भई पतिको थर गोत्रमा गएको हुन्छ । बाबुलाई चिन्ता: सन्तान असल हुन्, ठूला हुन्, पूर्खाको इज्जत धानून्, कुलको रक्षक होऊन्, व्रतबन्ध, बिहे लगायतका कर्महरु सबै सकिएको होस्, घरमा भनौँ परिबारमा ऋणको बोझ बिना नै मर्न पाउँ, सबै सन्तानले उत्तिकै प्रगति गरुन्, उद्यमशील होऊन्, धेरै पढून्, विद्धान हून्, सिप पनि सिकून्, समाजमा उन्नत होऊन । मेरो सन्तान देश विदेश यति प्रिय रहोस्, सर्बत्र उसको प्रतिष्ठा छाओस्, उसकै चर्चा होस् सबैतिर, पेशागत कार्यदेखि धर्म, कर्म, संस्कृति, संस्कार, सभ्यतामा अब्बल होस्, सके राजनैतिक उच्च ओहदा, प्रशासनिक सम्मानदेखि देशै बोक्न सक्ने, उपकारी, गुणी, नीतिवान्, क्षमतावान् सबै होस् भन्ने चाहना हुन्छ । षोडश संस्कारमा योग्य होस्, निपूण होस्, जन्म कर्मदेखि मृत्यु संस्कार, मरणोपरान्तका कार्यहरु सम्ममा सन्तान सरिक होऊन्, सकेसम्म तिनकै काखा पोल्टामा प्राण जान पाओस्, मृत्यु शय्यामा छट्पिटिँदा एक घुट्को पान आप्mनैले पिलाओस्, वृद्धाश्रमतिर नधकेलोस्, तातो चिसोको हेर चिार गरोस्, सम्पति भए, नभए पनि वचन नलगाई पानी पिलाओस्, जाउलो पिलाओस्, सकै तुलसीको मोठमा सुताओस्, अर्तजल दिँदा घाटसम्म आपैmँ जाओस्, सके आपूmले पहिले काँधमा बोकेको ऋण चुक्ता गर्न शव यात्रामा रहँदा आपैmँले बोकेर घाटसम्म लगोस् यावत् चाहना हुन्छ बाबुको, अनेकन चाहना हुन्छ उसको ।

शास्त्रको मर्यादा छ छोरोको मुख हेर्दा नै, नातिको मुख हेर्दा नै र पनातिको मुख हेर्दा नै जन्मदै लिएर आएको ३ ऋणबाट मुक्ति मिल्छ: देव ऋण, ऋषि ऋण र पितृ ऋण । यस अर्थमा हरतरहले सन्तानोत्पादन, लालन पालन, आपूmले नखाएर, चोरेरै ल्याएर भए पनि सन्तान भोको नरहोस्, उसको आँखा कहिल्यै नरसाऊन् भन्ने आकाँक्षा रहन्छ एक बाबुको । सबै समस्या देखाउँदैन उसले, सन्तान काँतर होलान्, पिडा सहन सक्दैनन् भनेर, आपूmले हरदम दु:ख कष्ट हैरानी सहेर, चोर फटाहाहरुको हातमा परेर पनि घरभित्र समस्या ल्याउन दिएको हुन्न । तर उसका समस्या पोख्ने ठाउँ कतै, कोही हुन्न । पुर्खा वितिसकेको, आमा पनि नभएको, आफन्त दाजुभाइ, भाइ भतिजाहरुले इृष्र्या गरिरहेको योग्यताको, क्षमताको, विज्ञताको, प्रचार प्रसारको, आपूm कतै तल रहेको दाजुभाइको सेखी, आक्रोश, इृष्र्या भइरहेको हुनसक्छ । हत्तपत्त पुरुयषले आप्mनो पिडा पोख्दैन, अरुबेला पनि दबाएर राख्छ, ससुराली, मावलीलाई त झन् पोख्दैन, समाज, इष्टमित्र, कार्यालय कतै पोख्दैन, मुस्कुराउँछ तर यसकोतुलनामा स्त्रीहरुका दिदीबहिनी, माइती दाजुभाइ, समूह हुन्छन्, सहेलीहरु हुन्छन्, माइतीमा सके आमा होलान् नभए बुहारी होलान् केही न केही वेदना व्यक्त गरिरहेकै हुन्छन् त्यहाँ । पुरुषहरु जति कठोर हिर्दय पनि हुन्न तुरुन्तै आँसुमा समस्याहरुलाई बगाइदिने तागत हुन्छ स्त्रीहरुमा र आजको भोलि नै त्यसको घाउ, पिडा, समस्यामा मलम लागेको हुन सक्छ जसले गर्दा भित्रभित्रै रोगहरु खुम्चिएर दविन सक्दैनन्, पोखिन्छन् त्यसका कारण आमा दिदीबहिनीहरु आपूmलाई हलुको महसूस गरिरहेका हुन्छन् र कतिपय अर्थमा श्रीमान् बितिसकेपछि आमाहरु अझ सहज ढंगले जीवनयापन गरिहेका, बढी स्वतन्त्रताको अनुभूति गरिरहेका धेरै देखिएका छन् । पति बढीमा सत्तरी, असी बाँचे तर आमाहरु नब्बे, सयभन्दा बढी पनि बाँचेका देखिएका छन् ।

बाबुको अभावमा सन्ततिले बढी आमालाई हेरचाह गरेका स्वतन्त्रपूर्वक हिँडडूल गर्न दिएका, घरको जिम्मेवारी पनि खासै नलिएका अबस्थाहरु पनि देखिएका छन् । जहाँ अधिक बोझ हुन्न निश्चय नै रक्तचाप, मधुमेह, कोलोष्टोरल, हर्ट, व्रेनको समस्या कमै हुन्छ । कुनै पनि भार र जिम्मेवार नलिँदा सहजै आयु लम्बा हुन्छ, मस्तराम भएर, चिन्ता चासो कसैको नलिँदा । पुरुष यति हलुका हुन सक्दैन, श्रीमतीको चिन्ता दु:ख पाउली भन्ने, बचतको चिन्ता भोलि के होला भन्ने, मान, प्रतिष्ठा गुम होला भन्ने चिन्ता र आप्mना सन्तानप्रति कसैको दागी आँखा लाग्ला भन्ने पनि, र त एक बाबुले बा आमाले खराव चोर, सन्तान रहेछ भने पनि माउ चराले बच्चालाई छोपेभैmँ गरी ढाकछोप गरेर बसेका हुन्छन्, कुपुत्र सन्तान भए पनि प्यारो नै हुन्छ । जति बूढो भयो एउटा बाबुले आँसु ओकल्ने ठाउँ पाउँदैन, हिनताबोध हुन्छ उसलाई आप्mनो समस्या सानालाई बताउँदा, श्रीमतीलाई बताउँदा, सन्ततिलाई बताउँदा बा आपूmभन्दा ठूलालाई बाताउँदा, ठूलाको इज्जत जाला भन्ने डर हुन्छ भने सानालाई बताउँदा आप्mनो इज्जत जाला भन्ने डर हुन्छ र आपूm बराबरीलाई मात्रै समस्या बताएर रुनु पर्ने शास्त्रीय मान्यता रहेकाले आप्mनो बराबरी भनेको केवल परमात्मा मात्र हुन्छ उसलाई पनि प्रत्यक्ष पोख्न नपाउँदा उसकै प्रतिनिधित्व गर्ने आप्mनै आत्मालाई साक्षी राखेर एक्लै परेको बेला ऊ रुन्छ र केही हलुको महसूस गर्छ । रुने बराबरीसंग मात्रै हो, त्यो बराबरी भनेको आप्mनो आत्मा मात्रै हो र एक्लै भएको बेला अरुले नदेख्ने गरी रुन्छन् पुरुषहरु तर आँसु भने सबै सकिएको हुन्न, बचेखुचेको आँसु गुम्सिएर आयुलाई क्षीण गरेको हुन्छ र तुलनात्मक रुपमा महिलाभन्दा पुरुष पहिले नै संसार छोड्न बाध्य हुन्छ ।