skip this वडा नं १६ बालाजु च:मती

समानुपातिक सांसदको टुंगो लगाउन रास्वपा सचिवालय बैठक बस्दै।

समानुपातिक सांसदको टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आइतबार बिहान १० बजे बस्दैछ।

पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय चःमतिमा बस्ने प्रवक्ता मनिष झाले बताए।

‘पार्टी सभापतिको निर्देशानुसार पार्टी सचिवालयको बैठक आइतबार बस्ने तय भएको छ,’ झाले भने।

उनका अनुसार आजको बैठकको दुइटा कार्यसूची छ। बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२को समानुपातिक उम्मेदवार सिफारिस गर्ने उनले बताए। त्यस्तै निर्वाचन परिणाम, सरकार गठन लगायत विषयमा पनि छलफल हुने रास्वपा नेताहरूले बताएका छन्।

रास्वपा सचिवालय बैठक शनिबार दिउँसोका लागि तय भए पनि अन्तिम समयमा आजका लागि सारिएको थियो।

हालै भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ मत प्राप्त गरेको थियो। रास्वपाले प्रत्यक्षतर्फ १६५ सिटमध्ये १२५ स्थानमा जित हासिल गरेको थियो भने समानुपातिकतर्फ ५७ जना सांसद निर्वाचित हुनेछन्। निर्वाचन आयोगले दलहरूलाई आजसम्म उम्मेदवार सिफारिस गर्न भनेको छ। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै थ्रेस होल्ड कटाएका छन्।