skip this वडा नं १६ बालाजु च:मती

ओली भेट्न गुण्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्। आइतबार पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष ओली भेट्न गुण्डु पुगेकी हुन्।

भण्डारीले त्यहाँ पुगेर ओलीका पिता मोहन प्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी छन्। ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।