नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फका नाै जना सांसदको नाम टुंगो लगाएको छ । नेकपा संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक अन्तिम सूची टुंगो लगाएका हुन् ।
पार्टीले समानुपातिकमा खसआर्यबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगताबाट प्रेम बयककाे नाम टुंगाे लगाएकाे छ ।
यस्तै, महिला बलावती शर्मा, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक, गणेश विश्वकर्मा र थारु समूहबाट निराशा चौधरी डगौराकाे नाम सिफारिस गरेकाे हाे ।




















