कांग्रेस सभापति गगन थापाले सभापतिको रूपमा कांग्रेस हाँकेको भन्दै अब नरोकिने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले अब कुनै गतिविधि नरोकिने बताएका हुन् ।
‘को विशेष हो भनेर भनिँदैन । कुनै पूर्वाग्रह नराखी सबैलाई सहभागी गराएर महाधिवेशन गर्छौँ,’ थापाले भने, ‘तर अब अघि बढिसकिएको छु । सभापतिको रूपमा हाँकेको गाडी अब रोकिँदैन ।’ २१ फागुनको निर्वाचनमा मत नमाग्ने नेताहरू आफ्नो नोटिसमा परेको पनि उनले बताए ।
‘उम्मेदवारलाई मत नहाल्ने, मत नमाग्ने पनि देखियो । उहाँहरू तपाईंहरू पनि आफूले आफ्नो मत बनाउनुहोला,’ थापाले भने, ‘पार्टी सभापतिको रूपमा नोटिसमा राख्नेछु । किनकि चारपाँच पटक उम्मेदवार बन्नुभएको छ । योपटक चाहना थियो । तर, यसपटक निर्वाचनमा कति लाग्नुभयो ? यस विषयलाई पनि हेर्नुहोला ।’
टिकट नपाउँदा पार्टी र उम्मेदवारलाई सहयोग गर्ने नीति गलत रहेको समेत उनले बताए ।


















