निर्देशनका लागि ओलीले च्यासल बोलाए सांसद

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित संघीय सांसदहरूलाई पार्टी मुख्यालय च्यासल बोलाएका छन् । प्रतिनिधिसभाका सांसदहरूको शपथलगत्तै उनीहरूलाई च्यासल बोलाइएको हो ।

‘प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ । संसदमा कसरी अघि बढ्ने निर्देशन हुन्छ,’ एमालेका एक नेताले भने ।