प्रतिनिधिसभा बैठक अघि सर्वदलीय बैठकको आह्वान

संसद् सचिवालयले बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ।

सरकारको सिफारिसपछि राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएलगत्तै बैठक बोलाइएको हो। बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संसद् सचिवालयका अधिकारीहरूले सहभागिता जनाउनेछन्। सर्वदलीय बैठक प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनुभन्दा एक घण्टा अघि आयोजना गरिएको हो। प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे सुरु हुने तयारीमा छ र यसले सभामुख चयन प्रक्रियालाई अगाडि बढाउने कार्य गर्नेछ।