ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको छ। मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा लागू गर्न यस कदम चालिएको जनाएको छ। सचिवालयका अनुसार, प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न र वैकल्पिक, वातावरणमैत्री सामग्रीको प्रयोग प्रोत्साहन गर्न यो नीति लागू गरिएको हो।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ले आगामी दिनमा निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालासँग सहकार्य अपेक्षित रहेको बताएका छन्। मन्त्रालयले यस निर्णयले सरकारी निकाय र सरोकारवालामा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेको छ।


















