skip this काठमाण्डौं महानगरपालिका ११

दुई जना दाबेदार भएपछि एमालेले संसदीय दलको नेता छान्न सकेन, आजै चुनाव हुने

आकांक्षीहरूबिच सहमति जुट्न नसकेपछि एमालेले संसदीय दलको नेता चुनावबाट छान्ने भएको छ । बुधबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेको हो ।

एमाले सांसद ऐन महरले संसदीय नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र युवा नेता सुहाङ नेम्वाङको दाबी रहेको तर सहमति जुट्न नसक्दा चुनावमा जाने निर्णय भएको बताए । आजै सांसदहरुबिच चुनाव गरेर दलको नेता छान्ने तयारी भएको उनको भनाइ छ ।