पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

प्रतिनिधि सभाको बैठकमा नेकपा ९एमाले०ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठक सुरु हुँदा सदनमा उभिएर एमालेले आपत्ति जनाएको हो । सभाको अध्यक्षता गर्नुभएका अर्जुनरसिंह केसीले एमालेका सांसद गुरु बराललाई धारणा राख्न अनुमति दिनुभएपछि बैठक सुरु भएको हो ।

उनले पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ प्रक्रियाप्रति आपत्ति जनाएको छ । बैठकको सुरुमै सांसद बरालले सरकारले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकमाथि गैर कानुनी धरपकड गरेको भन्दै रिहा गर्न माग गरेको हो ।

उनले भदौ २४ को घटनाबारे पुन छानबिन गर्नुपर्ने माग गरे ।