इन्टरपोल नोटिसमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा अस्वाभाविक आर्थिक कारोबार भेटिएपछि अदालतले यो आदेश दिएको हो। हाल देउवा दम्पती विदेशमा (सिंगापुर हुँदै हङकङ) रहेको बताइएको छ।

उनीहरू देश बाहिर रहेकाले अब इन्टरपोलमार्फत नोटिस जारी गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।