प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समानुपातिक सांसदहरूसँग छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री शाहले क्षेत्रगत समस्या बुझ्नका लागि सबै राजनीतिक दलका समानुपातिक सांसदसँग बुधबार सिंहदरबारमा छलफलमा जुटेका हुन् । यसअघि उनले विभिन्न प्रदेशका सांसदसँग छलफल गरिसकेका छन् ।


















