साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर पाँच हजार २५० कायम भएको छ ।
















