मबाट गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्त माफी माग्न तयार छु: सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले कानून निर्माणलाई तीव्र बनाउने आफ्नो प्राथमिकता दोहोर्‍याउँदै त्यसका लागि आफू निरन्तर सिकाइ र सुधारको प्रक्रियामा रहेको बताएका छन् । शुक्रबार पत्रकारहरूसँगको छलफलमा उनले कानून निर्माणमा ढिलाइ हुँदा त्यसको मूल्य नै घट्ने उल्लेख गर्दै छिटो तर जिम्मेवार ढंगले काम अघि बढाउने प्रतिबद्धता जनाए ।

‘कानून निर्माण जति छिटो गर्न सक्यो, नागरिकले त्यति छिटो प्रतिफल प्राप्त गर्छन् । ढिलाइ गरियो भने त्यसको महत्व नै घट्छ,’उनले भने, ‘छिटो गर्नु भनेको गल्ती गर्नु होइन, तर प्रक्रियालाई प्रभावकारी बनाउनु हो।’

कामका क्रममा कमजोरी हुन सक्ने स्वीकार गर्दै उनले त्यस्ता विषयमा सचेत गराउन सञ्चारमाध्यमलाई आग्रह गरे।‘मबाट गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्त माफी माग्न तयार छु । तर, त्यसै गल्तीलाई लिएर अनावश्यक नखेल्दिनुहोला । त्यसले अन्ततः संस्थालाई नै घाटा पुर्‍याउँछ,’ उनले भने ।