यसअघि चर्चा भयो धर्म र अध्यात्मका अन्वेषकहरुमा वेदको ज्ञान हुन जरुरी छ । वेदका धेरै अँगमा ज्योतिष आँखा हो र भनिएको छ ज्यौतिषं प्रत्यक्षंं शास्त्रं । ज्योतिषका बहु आयामिक पक्षाहरु छन् । यसमा वर्ष ०८३ को सामान्य चर्चा गर्ने प्रयत्न भएको छ ।
संस्कृत शव्द ज्ञानमा नगई यो बुझिन्न । श्रीगणेशाय नमः। स जयति सिन्धुरवदनो देवो यत्पापंकजस्मरणम् । वासरमणिरिव तमसां राशीन्नाशयति विघ्नानाम् ।। रौद्राब्दे नृपसम्भूतसंक्षोभक्लेशभागिनः । सततं त्वखिला लोका मध्यसस्यार्घवृष्टयः।। दुर्मत्यब्देऽअखिला लोका दुर्मतयः सदा । तथापि सुखिनः सर्वे संग्रामाः सन्ति चेदपि ।।
यो वर्ष वि सं २०८३ साल, ६० सम्वत्सर मध्ये सिद्धार्र्थी नामको सम्वत्सर समाप्तिसंगै रौद्र नामक संवत्सर शुरु भएको छ । सौरमान अनुसार अर्को साल भने दुर्मति नामको सम्वत्सर हुनेछ । ०८२ चैत्र शुक्ल प्रतिपदा तिथि घट्बढ् भई चैत्र ५ गते वृहस्पतिबार १३ः४२ बजे नै रौद्र संवत्सर शुरु भइसकेको हो । यो वर्ष रौद्र संवत्सरका कारण शासक र शासित बीच रोष प्रकट हुनेछ, दुर्मति संवत्सरको पनि प्रभाव पर्नाले शासक र शाषित बीच बुद्धि मलीन र त्रासदीय अबस्था सिर्जना हुने सम्भावना रहन्छ । शासक वर्गले दमन गर्न खोज्ने र जनता दुखी हुनु पर्ने परिवेश पनि सिर्जना हुन सक्छ । रौद्र र दुर्मतिको नाम नै आवेग, आक्रोश, मनमुटाव र मति भ्रम हुने हो । सौर्य मण्डलमा यस वर्षका राजा वृहस्पति र मन्त्री मङ्गल रहनेछन् । संवत्सरारम्भ वृहस्पतिबार परेकाले यस वर्षका राजा वृहस्पति हुने र वैशाख १ गते मङ्गलबार परेकाले यस वर्षका मन्त्री मङ्गल हुनेछन् ।
राजा वृहस्पतिको फलः
गुरौ नृपे वर्षति कामदं जलं महीतले कामदुधाश्च धेनवः। यजन्ति विप्रा बहवोऽग्निहोत्रिणा महोत्सवं सर्वजनेषु वर्तते ।। अर्थः राजा गुरु हुँदा अनुकूलको वर्षा, सबैतिर आनन्दको अनुभूति, कृषि, वनस्पति, रसादि, फलादि, वृक्षहरु हराभरा हुनेछन्, कृषि, गोरक्षा, दुग्ध पदार्थको उत्पादन वृद्धि, किसानमा तुलनात्मक सन्तोष, ब्राह्मण तथा योगीजनमा खुसीको सञ्चार, यज्ञ यज्ञादिका काम निरन्तर भइरहने, शास्त्र वार्ता, पूजा, हवनादि कर्मले आम वायुमण्डल निर्विषाक्त रहने छ । उत्सव, महोत्सव, दैवी कार्य, सत्संग, वरत्र, परत्र सप्रने खालका कर्म, दान, धर्मको बाहुल्यता रहने छ । वृहस्पति देवताका गुरु हुन्, अतः आम जनमानसमा चारित्रिक शुद्धताको खोजी हुनेछ । शिक्षा क्षेत्र खासगरी आम जनसमुदायमा नैतिक शिक्षा, नैतिकता, इमान्दारिता र अनुशासनका पक्षमा जनलहर ल्याउने छ । मन्त्री मङ्गलको फलः अवनिजो ननु मन्त्रिपदं गतो भवति दस्युगदादिजवेदनाः । जनपदेषु जयं सुख सञ्चयं न बहुगोषु पयो द्विजकर्म च ।। अर्थः समाजमा उत्पात, चोरी, डकैती, रोगको डर, शस्त्र कलह, राजभय, सशस्त्र द्वन्दको खतरा, तनाव, हिँसा, जनधनको सुरक्षामा राज्यको उदासीनता, शक्ति संघर्ष, आमजनता दुखी, खिन्नता बोध, बजारभाउमा महँगीको तीव्रता, बाह्य कलहको प्रभाव, पेटृोलिय पदार्थमा तानातानी, राजनीतिमा क्रूरता, उपद्रव, अशान्ति, राज्य विप्लव, सिमा सुरक्षामा चिन्ता, आन्तरिक द्वन्द, आम नैराश्यता सुरक्षाकै चुनौती देखिने छ ।
वर्षारम्भः मेष सक्रान्तिः श्रीशाके १९४८, श्रीसम्वत् २०८३ रौद्र नाम सम्वत्सर, श्रीसूर्य उत्तरायण, वसन्त ऋतु, वैशाख कुष्ण द्वादशी तिथि, शतभिषा नक्षत्र, शुक्ल योग, तैतिल करण, भौमबार, दिवा १२ः४ बजेको समय सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्दै ०८२ साल चैत्र पूर्ण भएर ०८३ वैशाख मासको आरम्भ भएको । तिथि, बार, नक्षत्र, योग र करण मिलेर बनेको पञ्चाङ्गको श्रवण मात्रैले पनि गङ्गा स्नानको फल मिल्ने शास्त्रीय मान्यता छ । जम्मा ६० वटा सम्वत्सर हुन्छन्, क्रमिक परिवर्तन हुने क्रममा यो वर्ष ५४ औँ सम्वत्सर रौद्र हो । आउने वर्ष दुर्मति नामको सम्वत्सर हुनेछ । सृष्टि शुरु भएको १ अर्ब ९५ करोड, ५८ लाख, ८५ हजार १ सय २७ वर्ष व्यतीत भएको छ । कलि आरम्भको समय भने ५ हजार १ सय २७ वर्ष व्यतीत भएको छ । यसको पूर्णायु ४ लाख ३२ हजार वर्षको रहेको छ । यो वर्ष इ सं २०२६।२०२७ हो भने नेपाल सम्वत् ११४६।४७ हो । यो वर्षको राजा वृहस्पति र मन्त्री मङ्गल हुन् । समय शुद्धिः यो वर्ष देव गुरु वृहस्पति आषाढ ३२ गते विहिबार १२ः५५ पश्चिममा अस्ताउनेछन् र श्रावण २४ गते आइतबार १२ः२४ मा वृहस्पति पूर्वमा उदाउनेछन् । दैत्य गुरु शुक्र आश्विन २८ गते बुधबार १३ः४० मा पश्चिममा अस्त र कार्तिक ११ गते बुधबार पूर्वमा उदाउनेछन् । गुरु, शुक्र अस्त भएका बेला हामीले गरेका काम उनीहरुले नदेख्ने भएकाले नित्य पूजा आजा र नैमित्तक पितृकार्य बाहेक अन्य काम्य कर्म गर्न निषेध छ, फल मिल्दैन । काम्य कर्म भन्नाले नयाँ स्थान, तीर्थ, मन्दिर आदि, नयाँ उद्यानहरुको निर्माण, धाम आदि देवताको दर्शन, गृहारम्भ, प्रवेश, सप्ताह आदि, दीक्षा ग्रहण, व्रत उद्यापन, चूडा कर्म, ब्रतबन्ध, विवाह, वधु प्रवेश, महादान, उपाकर्म आदि पर्दछन् । शनि र साँढेसातीः यो वर्ष ग्रह शनि पूरै मीन राशिमा रहनेछन्, अतः यो राशिलाई मध्य साँढेसाती रहने छ भने कुम्भ राशिलाई अन्त्य साँढेसाती रहनेछ, मेष राशिलाई वर्षभरि आद्य साँढेसाती, सिँह र धनु राशिलाई वर्षभरि अढैया शनि हुनेछ । यस्ता दोष भएकालाई भूठा आरोप लाग्ने, शत्रु भय हुने, मनमा चिन्ता हुने, सञ्चित धनको नोक्सानी हुने हुन्छ । चोट पटकको डर, काममा ढिलाइ, मान सम्मानमा आघात विभिन्न समस्या हुन सक्छ । आप्mनो जन्म कुण्डलीमा ग्रह उच्च छ, राम्रो स्थानमा बसेको छ, शनि ३, ६ ११ स्थानमा बसेको छ भने शुभ फल दिने हुन्छ । अशुभ फल दिने संकेत भएकाले शनिको विशेष साधना, मन्त्र, जप, पिपलमा जल, गायत्री, दीक्षा मन्त्र, नित्य पाञ्चायन पूजा, साधना, सूर्य, देवी, गणेश, शिव, विष्णु आदिको विशेष कृपा प्राप्तिका काम गर्नु पर्ने हुन्छ । नित्य उपासना, शरिर शुद्धि, पितृको सेवा, देवताको उपासना, सत्संगबाट मनलाई निर्मल गराउनु पर्ने हुन्छ, यथाशक्य दान पुण्य गर्नु पर्ने हुन्छ । शनि प्रभावबाट बच्न भने ॐ शनैश्चराय नमः १०८ मन्त्र जप्दै पिपलमा पानी हाल्दा पनि हुन्छ । श्रीगणेशको सेवा त सधैँ गर्नुपर्छ, नयाँ वर्षमा झन् गर्नै पर्छ । अधिकमासः पुरुषोत्तम मासः ०८३ साल ज्येष्ठमा अधिक मास परेको छ, ३ गते शुरु हुन्छ, आषाढ १ मा समापन हुन्छ । यसअघि ०८० श्रावणको २ गतेदेखि ३१ गतेसम्म अधिकमास परेको थियो । प्रत्येक ३ वर्षमा ३ महिनाको अन्तरालमा यस्तो समय आउँछ । यसअघि २०५० भाद्र, २०५३ असार, २०५६ जेठ, २०५८ असौज, २०६१ श्रावण, २०६४ जेठ, २०६७ वैशाख, २०६९ भाद्र, २०७२ असार, २०७५ जेठ, २०७७ असौजमा थियो, अहिले ०८० श्रावण हुँदै यस्तो मास २०८३ जेठमा परेको र अब २०८५ साल कार्तिकमा पर्दछ, फेरि पनि पर्दछ । मलै मल भएकोले मल मास, बढी समय भएकाले अधिक मास भन्ने गरिएको छ । हाम्रो संस्कृति र सभ्यता प्राचीन अझ भनौँ अर्वाचीन सम्मको छ र सूर्य र चन्द्रमास अनुसार संस्कार, पद्धतिको विकास भएको छ । सौर्यमास १ महिनामा औसत ३० दिनको हुन्छ भने चन्द्रमास औसत २९ दिनकै हुन्छ । भनौँ गतेले ३६५ दिनकोे १ वर्ष हुँदा चन्द्र गतिअनुसार को तिथि र यसका बीच बीचमा हुने क्षयले गर्दा ३५४ दिनमै १ वर्ष हुन्छ । हरेक वर्षको झण्डै ११ दिनको दरले बढी हँुदै जाँदा झण्डै ३ वर्षमा १ महिना नै बढी हुने गर्छ । यही बढी भएको समय नै अधिक मास हो । जसलाई मलमास भनिने गरियो सृष्टि सन्चालनको क्रमदेखि नै ।
वैदिक परम्पराअनुसार हरेक मास, बार, ऋतु, तिथि, नक्षत्र, राशि भनाँै पलपल सम्मको आआप्mना अधिष्टातृ देवता हुन्छन् । सबैका आप्mना इष्टदेव कुलदेव हुन्छन् । मानिसमा पनि आप्mनो इष्ट देव कुलदेव भएन भने त्यो बेलगामको घोडा सरह हुन्छ, बेवारिसे हुन्छ, गतिछाडा भई घरको न घाटको हुन्छ । यो नियम समाज, संगठन, संस्था, देशको पनि हुन्छ । वैदिक परम्परामा ३३ करोड देवता छन् । सबैले आप्mनालाई संरक्षण गरिराखेका हुन्छन्, जसबाट अपनत्व, मालिकत्व स्विकारिएको हुन्छ । बढी भएको समय अधिकमासको कोही मालिक भएन, यतिबेला कुनै चाड, पर्व परेनन्, कुनै उत्सव भएन । कुनै काम नभई बेसहारा बन्न पुगेको अधिकमास भयो, मूर्तिवत् हुँदा उसले आप््mनो मालिकको खोजी गर्न लाग्यो । जीवन निरस भएको कसैले वास्ता नगरेको, गर्भश्राव भई आमाको कोखबाट अधिक्रो गएको अनुभूति गर्न लाग्यो । अधिकमास गोलोक पुग्यो । गोलोक पुग्नासाथ श्रीकृष्णले तिम्रो सहारा म हुन्छु भनेपछि ऊ प्रसन्न भयो र उसको नाम अबदेखि पुरुषोत्तम मास हुने भयो ।


















