राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी पराजयपछि आफूलाई पुनर्गठन गर्दै अघि बढ्ने संकेत दिएको छ ।
अध्यक्ष लिङ्देनले पार्टी समाप्त हुने हल्ला अस्वीकार गर्दै राप्रपा कमजोर भए पनि समाप्त नहुने स्पष्ट पारे। उनका अनुसार चुनाव हार्नु राजनीतिक यात्राको अन्त्य होइन, बरु सुधार र पुनर्निर्माणको अवसर हो । उनले पार्टी आफ्ना विगतका कमजोरीहरू सच्याउँदै नयाँ ढंगले पुनर्गठित हुने बताए ।
साथै, अभिभावकीय राजसंस्था, सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र र वर्तमान प्रदेश संरचनाप्रति राप्रपाको धारणा यथावत रहने स्पष्ट पारे। लिङ्देनले राप्रपा हजारौँ कार्यकर्ताको योगदानबाट बनेको पार्टी भएकाले यसलाई समाप्त हुने कल्पना नगर्न चेतावनी दिँदै, अब थप सशक्त रूपमा पुन: उठ्ने दाबी गरे ।


















