सरकारले सार्वजनिक यातायातमा विद्यार्थीलाई दिँदै आएको ४५ भाडा छुट अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबिच भएको निर्णय बमोजिम विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ ।
तर, पछिल्लो समय सार्वजनिक सवारी साधनहरूले विद्यार्थीलाई सो बमोजिमको छुट नदिएको भन्दै धेरै गुनासो आएपछि विभागले पुनः ताकेता गरेको हो ।
नमान्ने सवारी साधनलाई कारबाही गर्ने चेतावनी पनि दिइएको छ।


















