बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे सुकुमवासी मोर्चाले प्रतिवाद गर्ने

प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग बुधबार छलफल गर्दै सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएसँगै अहिले सामाजिक सञ्जानमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । यसैत्रीच संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ ।

बिहीबार दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो । मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार, सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार आएपछि बिहीबार दिउँसो बैठक बसेको थियो ।