प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन् ।
केही जेन जीहरूको नेतृत्वमा सुकुम्बासीहरूले शुक्रबार प्रदर्शन गरेका हुन् । उनीहरूले ‘योजना बिना हटाउने काम बन्द गर’ ‘सुकुम्बासीलाई लालपुर्जा देऊ’लगायतका नारा लगाएका छन् ।
प्रधानमन्त्री शाहले अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।



















