थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ।
बिहान केही घन्टा सामान निकाल्ने समय दिएर डोजर परिचालन गरी संरचना भत्काउन थालिएको हो।
वस्तीमा केही मानिसहरूले आफै पनि टहराहरू भत्काएर सामान निकालिरहेको छ।
डोजर परिचालनसँगै ठूलो संख्या जनपद र सशस्त्र प्रहरी तथा महानगर बल परिचालन गरिएको छ।
सुरूमा दुइटा डोजर परिचालन गरिएको थियो। पछि तीन वटा डोजर थप गरिएको छ। उपकरणहरू अझै पनि आइपुग्ने क्रममा छन्। क्रेन र टिपरहरू पनि सडकमा तैनाथ छन्।
एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ।
थापाथलीको सुकुम्बासी बस्ती खाली गरेपछि त्यहाँका मानिसहरूलाई सुरूमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगिनेछ।
त्यहाँ स्क्रिनिङपछि उनीहरूलाई राख्न ५ वटा स्थानमा होल्डिङ सेन्टर बनाइएको छ।
नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ।
त्यस्तै, काठमाडौंको महानगर अन्तर्गत रहेको कीर्तिपुरको सत्सङको ठूलो भवनमा पनि राखिने भएको छ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ।
खरीपाटी र चाँदबागस्थित सरकारी भवन र खाली जग्गामा पनि राख्ने भएको छ।
उनले नक्कली सुकुम्बासीको हकमा पनि विकल्प नदिइने र त्यसको विवरण सार्वजनिक गर्ने बताइन्।
त्यस्तै अब प्रत्येक व्यक्तिको लगतलाई डिजिटल प्रणालीमा राखेर विस्तृत विवरण तयार पार्ने पनि तयारी भइरहेको उनले जानकारी दिइन्।
शनिबार बिहानदेखि हटाइएका सुकुम्बासी परिवारलाई सरकारले खानाको प्रबन्ध समेत मिलाएको छ।
पुनस्र्थापनाका लागि छानिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको पनि उनले बताइन्।
पहिलेकै लगानीलाई सदुपयोग गरिने र यसअघि निर्माण भएकै संरचनामा सुकुम्बासीको व्यवस्थापन गर्ने सरकारले तयारी गरेको छ।


















