प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जिल्ला सभापतिबाट निलम्बन गरेको छ । पार्टी अनुशासन समितिको बुधबार बसेको बैठकले उनलाई तत्काल जिल्ला सभापतिको पदमा बसेर काम गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो।
यसअघि उनलाई पार्टी र नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा तीन दिने स्पष्टीकरण पनि सोधिएको थियो।उनी पार्टीको रामेछाप जिल्ला सभापति थिए ।


















