नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको बागमती प्रदेशस्तरीय छलफल गरेका छन् । बालुवाटारस्थित ओपेरा होटेलमा भएको छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कोइराला निकट नेताहरू सहभागी थिए ।देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको कोइराला सचिवालयले जनाएको छ ।
छलफलमा सहभागीहरूले पन्ध्रौँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान राखेका थिए ।
नेताहरूले भने, ‘अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक छैन । विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन सकेको छैन। एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापति गगन थापाकै हो ।’


















