सीमाका नेपालीको समस्याबारे सदनबाट सरकारलाई ध्यानाकर्षण गराउँछौंः गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल–भारत सीमामा भन्सार कडाइका कारण सीमावर्ती क्षेत्रमा बस्ने नागरिकको दैनिक जीवन प्रभावित भएको बताएका छन्।

उनले यस विषयमा सदन तथा अन्य माध्यमबाट सरकारको ध्यानाकर्षण गराइने उल्लेख गरे। थापाले कडाइका क्रममा सुरक्षाकर्मीको व्यवहारले नागरिकको आत्मसम्मानमा चोट पुगेको गुनासो आएको बताए।

भन्सार व्यवस्थापन सुधार आवश्यक भए पनि व्यवहारिक पक्षलाई बेवास्ता नगर्नुपर्नेमा जोड दिँदै उनले नागरिकलाई अनावश्यक दुःख दिने कार्य नगर्न सरकारलाई सुझाव दिएका छन्।