सरकारलाई हर्क साम्पाङको खुला पत्र:काम गर्न नसके मार्ग प्रशस्त गर्नुपर्छ

प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै खुला पत्र लेखेका छन्। उनले सीमा सुरक्षा, सुकुमबासी समस्या र देशको अर्थतन्त्रबारे गम्भीर प्रश्न उठाएका छन्। लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने बाटो बनाउँदा सरकार मौन रहेको भन्दै उनले आलोचना गरेका छन्।

साम्पाङका अनुसार केवल कूटनीतिक नोट पठाएर समस्या समाधान हुँदैन। उनले नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघबीच चतुर्पक्षीय वार्ता गरेर सीमा जोगाउनुपर्ने माग गरेका छन्। त्यस्तै, सेनालाई सीमामा खटाउनुपर्ने, विदेशी ऋण लिएर देश डुबाउने कार्य रोक्नुपर्ने र राज्य सञ्चालन सन्तुलित हुनुपर्ने उनको भनाइ छ।

उनले काम गर्न नसक्ने भए सरकारलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न पनि सुझाव दिएका छन्।

harka