रास्वपा सांसदलाई फेरि २ दिनको प्रशिक्षण दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई २ दिनको प्रशिक्षण आयोजना गरेको छ । वैशाख २६ र २७ गते सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम राखिएको स्रोतले जनाएको छ । सांसद्को शपथअघि पनि रास्वपाले आवासीय प्रशिक्षण राखेको थियो ।

यसपटक भने संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म प्रशिक्षण हुनेछ ।संसदीय अभ्यास र संसद्मा प्रभावकारी भूमिका सम्बन्धमा सांसदहरूलाई प्रशिक्षण दिन थालिएको हो ।