काठमाडौंका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारको विवरण संकलन तीव्र पारिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हालसम्म ३,१११ परिवारले नाम दर्ता गराएका छन् ।
वैशाख १२ देखि बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा तथ्यांक संकलन गरिरहेका छन् । प्रभावितहरूका लागि स्वास्थ्य परीक्षण, खानपान र राष्ट्रिय परिचयपत्र सेवा पनि उपलब्ध गराइएको छ ।


















