अरब सागरमा फसेको भारतीय जहाजलाई पाकिस्तानी नौसेनाको सहयोग

पाकिस्तानी सेनाले अरब सागरमा फसेको एक भारतीय जहाजलाई मंगलबार उद्धार गरेको जनाएको छ । ‘एमभी गौतम’ नामक जहाजमा गम्भीर प्राविधिक समस्या आएपछि संकटकालीन सन्देश पठाइएको थियो। त्यसपछि पाकिस्तानले ‘काश्मिर’ नामको जहाज पठाएर सहयोग गरेको बताइएको छ ।

उक्त जहाजमा ७ जना चालक दलका सदस्य थिए, जसमा ६ जना भारतीय र १ जना इन्डोनेसियाली नागरिक रहेका छन् । जहाज ओमानबाट भारततर्फ जाँदै गर्दा बीच समुद्रमा फसेको थियो।