एसईईको नतिजा अन्तिम चरणमा, वैशाख २९ भित्रै नतिजा आउने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । बोर्डका अनुसार हाल उत्तरपुस्तिकाको इन्ट्री सकिएर रुजु गर्ने काम तीव्र रूपमा भइरहेको छ।एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।

यसपटक परीक्षा सकिएलगत्तै परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो, जसले नतिजा प्रकाशन प्रक्रिया छिटो बनाउन सहयोग पुगेको बोर्डले जनाएको छ।